नेपाल एयरलाइन्सका २० पाइलटले बुझाए सामूहिक राजीनामाको चेतावनी पत्र



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र बुझाएका छन । ‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्रमा २० पाइलटद्वारा हस्ताक्षर गरिएको छ ।

सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका हुन् ।

राजीनामाको चेतावनीसहित पत्र दिने सबै पाइलटहरु अन्तर्राष्ट्रिय उडानका जहाज उडाउँदै आएका छन् । उनीहरूले ३ महिना भित्रमा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन् ।

व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्