विमान दुर्घटना



सिड्नी, (एजेन्सी)।

अस्ट्रेलियामा विशाल डढेलो निभाउने कार्यमा रहेको एउटा विमान दुर्घटना हुदा त्यसमा सवार तीनजना व्यक्तिको ज्यान गएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान १ बजेर ३० मिनेट जाँदा अधिकारीहरुको उक्त सि – १३० हक्र्युलिस विमानसँग सम्पर्क विच्छेद भएको थियो।

न्यु साउथ वेल्सको हिउँले ढाकिएको पहाडमा सो विमान दुर्घटना हुनुको कारण अझै थाहा हुन सकेको छैन। मारिनेमा अमेरिकी भएके बताइएको छ। गर्मी र सुख्खा मौसमको कारण यस राज्यमा असी स्थानमा भन्दा बढी आगलागी फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्