ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण



इस्लामाबाद, (एजेन्सी)।

पाकिस्तानले परमाणु हतियार बोक्न सक्षम स्थलबाट स्थलमा प्रहार गर्ने ब्यालेस्टिक क्षेप्यास्त्र गजनवीको सफल प्रक्षेपण गरेको छ। यो क्षेप्यास्त्रको मारक क्षमता २ सय ९० किलोमिटर रहेको छ।

उक्त प्रशिक्षण परीक्षण सैन्य रणनीतिक तालिमको हिस्सा भएको सैन्य सञ्चार एकाइले जनाएको छ। गजनवी क्षेप्यास्त्र विभिन्न परमाणु अस्त्रलाई २ सय ९० किलोमिटरसम्मको लक्ष्यलाई बनाउन सक्ने बताइएको छ।

पाकिस्तानले सन् २०१९ अगस्ट २९ मा गजनवीको प्राविधिक परीक्षण गरेको थियो। भारतसँगको सम्बन्धमा तनाव बढिरहेको वेला पाकिस्तानले उक्त क्षेप्यास्त्र परीक्षण गरेको हो।

प्रतिक्रिया दिनुहोस्