ट्रम्पको पस्ताव अस्विकार



नयाँ दिल्ली, (एजेन्सी )।

भारत सरकारले पाकिसतानसँगको विवाद सल्टाउन मद्दत गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको छ।

काश्मिर विवादलाई लिएर मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने ट्रम्पको बयानलाई लिएर उक्त मुद्दामा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतीय विदेश मन्त्रायलका प्रवक्ता रवीशकुमारले बताए।

डावोसमा अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटवार्तापछि सन्चार माध्यम समक्ष काश्मिर मुद्दालाई नजिकबाट हेरिरहेको र विवाद सल्टाउन मद्दतका लागि तयार रहेको प्रस्ताव गरेका थिए। ट्रम्पले यसअघि पटक पटक यस मुद्दामा मध्यस्थता गर्ने इच्छा ब्यक्त गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्