कोरोना भाइरसबाट मर्नेको संख्या सत्र सार्वजनिक यातायात प्रतिबन्धित



मस्को,(एजेन्सी)। 

विश्वमै सन्त्रास फैलाइरहेको कोरोना–भाइरसको संक्रमण शुरु भएको वुहान सहरको सार्वजनिक यातायात बिहीबारदेखि अस्थायी कालका लागि बन्द गरिएको चिनिया सरकारी निकायले जनाएको छ। ८९ लाख जनसंख्या भएको उक्त सहर अहिले सुनसान देखिएको छ ।

हालसम्म २०१९–एनसीओभी नामक कोरोनाभाइरसबाट संक्रमित भएकाको पुष्टि भएका विरामीको संख्या ५ सय पुगिसकेका तथा १७ को मृत्यु भइसकेको छ। यसले बिरामीमा श्वास प्रस्वास सम्बधी समस्याहरु ल्याउने गर्दछ।

चिनिया अधिकारीले उहान आवत जावत गर्ने सम्पूर्ण हवाई उडान, यात्रुवाहक रेलसेवा बन्द हुने जानकारी दिएका छन्। त्यस्तै सार्वजनिक बस सेवा लगायत फेरी सेवामा पनि प्रतिबन्ध लागु हुनेछ।

यो कदम महामारीलाई अझै फैलिनबाट रोक्न उठाइएको भाइरस नियन्त्रण गर्न त्यहँ गठित एक विशेष केन्द्र्रले जनाएको छ। अघिल्लो दिन नै वुहानका वासिन्दालाई एकै स्थानमा समूहमा भेला नहुन र सार्वजनिक कार्यक्रममा सकेसम्म नजन सुझाव दिइएको थियो।

सहरवासीलाई पनि सहर नछाड्न सल्लाह पनि दिइएको छ। यसै साता चीनमा नयाँ वर्षको उत्सव सुरु हुन लागेकाले करोडौं चिनिया बिदा मनाउन आ–आफ्ना घरतर्फ फर्कने क्रममा महामारीले विकराल ज्ञप लन सकने भएकाले विशेष सुरक्षा सतर्कता अपनाइएको चिनियाँ आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ।

गत वर्षको चान्दि«क लुनार नयाँ वर्षमा सात लाख मानिस जम्मा भेला भएको वुहानको गुइयान मन्दिरको कार्यक्रम यो वर्ष कोरोना भाइरसकै कारण रद्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्