ट्रम्प पर्यावरण अभियन्ता थनबर्गसँग भेट्न इच्छुक



डावोस (एजेन्सी)।

कुनै बेला ग्रेटा थनवर्गलाई रिसाउन कम गर्न सल्लाह दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विजरल्यान्डको डावोसमा आफु ती पर्यावरण अभियन्तासँग भेट्न इच्छुक रहेको बताए। यद्यपी उनले आफनो रिस अमेरिकीसँग मात्र पोख्न नहुने ट्रम्पले बताए।

एक पत्रकार सम्मेलनमा ट्रम्पले भने – मलाई उनीसँग भेट्न राम्रो लाग्छ। विश्वमा अमेरिका भन्दा ठुला प्रदुषक राष्ट भएको दावी गर्दै ग्रेटाले आफनो ध्यान ती देशहरुमा केन्द्रित गर्नु पर्ने ट्रम्पले सुझाव दिए।

ट्रम्पले विश्व आर्थिक मन्चमा मंगलबार दिएको भाषणमा पर्यावरण संरक्षणमा आबद्ध अभियानकर्ताहरुमाथि हमला गर्दै उनीहरु ‘विनासका मसिहॉ र ‘विगतका मुर्ख भविष्यवक्ताका वंशज‘को संज्ञा दिएका थिए। यो संबोधन भइरहँदा ग्रेटा थनबर्ग चुपचाप बसिरहेकी थिइन्।

यसअघिपनि ग्रेटा थनवर्ग प्रति ट्रम्पको कडा ब्यंग सहितका टिप्पणी भएका छन्। ग्रेटालाई टाइम अखबारले ‘पर्सन अफ इयर‘ चयन गरेकोमा ट्रम्पले ब्यंग गर्दै रिसाउन कम गर्न र फिल्म हेर्न उनलाई सल्लाह दिएका थिए।

उनले ट्विटमा लेखेका थिए – अत्यन्तै हास्यास्पद। ग्रेटालाई उनको रिसाउने समस्यामा काम गर्नु पर्छ, त्यसका लागि उनले आफनो साथीसँग पुराना फिल्म हर्नु पर्छ। शान्त बन ग्रेट, शान्त।

टाइमको उक्त उपाधिको दौडमा आफुलाई थनबर्गले पछाडी पारेको उनले बताए। गतबर्ष राष्ट्रसंघको महासभा सम्बोधनमा स्विडेनकी किसोरी थनबर्गले विश्वको पर्यावरण संरक्षणमा पर्याप्त काम नगरेको र गैर जिम्मेवारी बनेकोमा शक्तिशाली राष्ट्रका नेताहरु प्रति आक्रोसित हुँदै ‘हाउ डे यु आर‘ बोलेर चर्चा कमाएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्