गोली चल्यो



न्युयोर्क, (एजेन्सी)।

अमेरिकी शहर सियाटलको एक व्यस्त क्षेत्रमा एकजना बन्दुकधारीहरुले जथाभावी गोली चलाउँदा एक व्यक्तिको ज्यान जानुका साथै अन्य सातजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा एकजना बालक पनि रहेको छ।

प्रहरीले घटना लगत्तै फरार भएक आक्रमणकारीको अझै व्यापक खोजि भइरहेको छ। गोली हान्नुको उद्देश्य स्पष्ट भइसकेको छैन। सिसिटिभी फुटेजमा प्रहरी अधिकारीहरु थर्ड एभेन्यु र पाइन स्ट्रिटको फुटपाथमा घाइतेहरुलाई उद्धर गरिरहेका देखिन्छन्। शहरको अग्निनियन्त्रण विभागले एक महिलाको घटनास्थलै मृत्यु भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्