राष्ट्रिय युवा सम्मेलन सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं। 

दुईदिने राष्ट्रिय युवा सम्मेलन घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनपश्चात, देशका हरेक कुनाकाप्चामा विभिन्न समस्याहरूसँग सामना गरिरहेका युवाहरूको एकिकृत आवाज युवाका आह्वानहरू र आफ्ना प्रतिबद्धताका रूपमा सरोकारवालाका सामु पुर्याउन घोषणापत्र अनुमोदनसमेत गरेको छ।

नेपाल सरकार राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा साथी, जागृति बाल तथा युवा सरोकार नेपाल, बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सजालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

‘समानताको पुस्ताः प्रतिवद्ध युवा दस्ता’ नाराका साथ नेपालका ७७ वटै जिल्लाका युवाहरूको भेला सहित ललितपुरमा आयोजित राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यन्वयनमा जोड दिएको छ।

सन् १९९१ मा नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघको महिला माथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धी सन् १९९४ मा भएको जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले अपनाएको बेइजिङ घोषणापत्र, सन् २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव २२५०, महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव १३२५, २०७२ मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथ भिजन २०२५, जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यन्वयनमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्