दज्र्यानी चिन्ह प्रदान



काठमाडौं, (नेस)।

प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनुभएका २७ जना प्रहरी हवल्दारलाई बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले एक कार्यक्रमका बीच दज्र्यानी चिन्ह प्रदान गर्नुभयो।

उक्त अवसरमा ढकालले पदोन्नति हुनुभएका प्रहरी हवल्दारलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी सबैको भरोसाको केन्द्र भएकोले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पूरा गर्न निर्देशन दिनुभयो।

कर्मचारीहरूको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशील रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामूहिक भावनासहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षतालगायत पेसागत जिम्मेवारी निर्वाहमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरूमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशील र फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत्विपत् उद्धार कार्यमा सामूहिक भावनाका साथ तल्लिन रहन निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्