ट्यांकरबाट लागूऔषध बरामद



बारा, (नेस)।

प्रहरीले पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट १० बोतल लागूऔषधसहित चालकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय सिमराअन्तर्गत अमलेखन्जबाट खटेको टोलीले गोप्य सूचनाका आधारमा ना ४ ख ५५९० को डिजल बोक्ने ट्यांकर चेकजाँचको गर्ने क्रममा १० बोतल ‘वनरेक्स’ नामक लागूऔषधसहित चालक राजीव बम्जनलाई नियन्त्रणमा लिएको हो ।

पेट्रोलियम पदार्थ बोक्ने ट्यांकीको तेल निकाल्ने दाहिनेपट्टिको गेटबलभित्र प्लास्टिकमा लुकाइराखेको अवस्थामा सो लागूऔषध फेला पारेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक (डीएसपी) गोविन्द पुरीले बताउनुभयो।

लागूऔषधसहित पक्राउ परेका हेटौंडा–५का ३३ वर्षीय बम्जनलाई बुधबार नै लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्