पहाडीको २९औं पुस्तक प्रकाशित



मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा नामक पुस्तक प्रकाशित भएको छ।

यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ वटा आलेख संग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरूको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो।

३ सय मूल्य रहेको १ सय २२ पृष्ठको यो पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने जनाइएको छ।

साहित्य सिर्जना फाँटमा कृष्ण पहाडीका दुईवटा कथा संग्रह, एउटा उपन्यास, दुईवटा गीत संग्रह, दुईवटा नियात्रा, दुईवटा नाटक संग्रह, चारवटा कविता संग्रह, दुईवटा मुक्तक संग्रह र छवटा आलेख संग्रह, जेल जर्नल, दुईवटा प्रबन्ध/निबन्ध संग्रह, एउटा अंग्रेजी कविता संग्रह र एउटा हिन्दी कविता संग्रह गरी २९ वटा पुस्तक प्रकाशित भएका छन्।

प्रतिक्रिया दिनुहोस्