अपरेसनपछि प्रम पहिलोपटक हल्चोकमा



काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि पहिलोपटक बालुवाटारभन्दा बाहिरको कार्यक्रममा देखा पर्नुभएको छ।
एपेन्डिक्सको अपरेसनपछि उहाँ सरकारी निवासबाहेक अन्य कार्यक्रममा देखा पर्नुभएको थिएन।

उहाँ सशस्त्र प्रहरी बलको १९औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी हुनुभएको थियो।
झन्डै २ घन्टा लामो कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बललाई समयसापेक्ष रूपमा परिर्वतन गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो।

उहाँले संगठनका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठले आफूलाई बलिदानी दिएर पनि संगठनलाई स्थापित गर्नुभएको बताउनुभयो। उक्त अवसरमा सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न कलाकौशलको प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्