अस्ट्रेलियन ओपनमा शीर्ष १० खेलाडी तेस्रो चरणमा



मेलबर्न ।
महिला सिंगल्सतर्फका शीर्ष दसै खेलाडी मेलबर्नमा जारी अस्टे«लियन ओपनको तेस्रो चरणमा पुगेका छन् । प्रतियोगितामा पहिलो पटक दशै जना शीर्ष महिला खेलाडी तेस्रो चरणमा पुगेको सन् २००७ पछि पहिलो पटक पनि हो । बिहीबार पाँचौं वरियताकी एलीना स्विटोलीनाले जितेपछि १३ वर्षपछि यस्तो नतिजा निस्केको हो । आज भएको खेलमा पाँचौं वरियता प्राप्त स्विटोलीनाले अमेरिकाकी लाउरेन डेविसलाई ६–२, ७–६ ले पराजित गरिन् ।

पहिलो ग्रान्डस्लाम खोजीमा रहेकी युक्रेनकी स्विटोलीनाले स्पेनकी दुई पटकको च्याम्पियन गार्बिन मुगुरुजासँग खेल्नेछिन् । यस्तै आजको खेलमा दोस्रो वरियताकी कारोलीना पीलीस्कोभा र छैटो वरियताकी बेलिन्डा बेन्चिचले जित हासिल गरेका छन् । तेस्रो चरणमा पुग्ने अन्य शीर्ष खेलाडीमा पहिलो वरियता प्राप्त एश्लेग बार्टी, तेस्रो वरियताकी नाओमी ओसाका, चौथो वरियताकी सिमोना हालेप, सातौं वरियताकी पेट्रा क्वीटोभा, आठौं वरियताकी सेरेना विलियम्स, नवौं वरियताकी कीकी बेर्टेन्स र १०औं वरियताकी मेडिसन कीजले अघिल्लो दिन जित हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्