राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका विजयी



सरोज यादव, विराटनगर ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा नेकपाका उम्मेद्वारहरु गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित हुनुभएको हो । अछामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित हुनुभयो । अछामीले ६ हजार ३ सय ३० मतभार पाउनुभयो ।

उहाँका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २ हजार ७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाउनुभयो । महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाउनुभएको निर्वाचन आयोगले जनाएको छ । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाउदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाउनुभयो ।

यस अघि प्रदेश १ बाट नेकपाका खेम नेपाली , हरिचरण सिवाकोटी र नेपाली काग्रेसकी सरिता प्रसाई राष्ट्रियसभामा सदस्य रहनु भएको थियो । उहाँहरूको कार्यकाल गोलाप्रथाबाट दुई वर्षे तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्