कानुनमा बलात्कार, वाल विवाह र यौन दुर्व्यवहारलाई वैधानिकता दिईदै



काठमाडाैँ ।

टर्की सरकारले युवतीमाथि दुर्व्यवहारका मुद्धामा पीडकले पीडीतसँग विवाह गरे कानुनी प्रकिया अगाडि नबढ्ने गरि टर्कीले नयाँ कानुन ल्याउन लागेको छ । संसदमा १८ बर्ष भन्दा मुनिका किशोरीमाथिको दुर्व्यवहार मुद्दामा पीडक पुरुषले विवाह गरे कानुनी सजायबाट छुटकारा पाउने कानुन जारी गर्ने तयारी गरेको बताइएको हो ।

म्यारि योर रेपिस्ट नामक विधेयक टर्कीको संसदमा यो महिनाको अन्त्य तिर पेश हुने छ । आलोचकहरूले यस्तो किसिमको कानुनले बलात्कार, वाल विवाह र यौन दुर्व्यवहारलाई वैधानिकता दिने बताएका छन् । संयुक्त राष्ट्रसङ्घले उक्त कानूनले बाल बलात्कारलाई वैधानिक दिने र पीडितलाई अझ कमजोर बनाउने चेतावनी दिएको छ। विपक्षी सांसदहरूले पनि विधेयकको विरोध गरेका छन् । यस्तो कानूनले केटीहरूलाई उनीहरूको इच्छा विपरीत विवाह गर्न बाध्य पार्नुका साथै उत्पीडनलाई प्रोत्साहित गर्ने चेतावनी दिइएको छ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्