स्थापना दिवसको अवसरमा सरसफाई



कृष्णप्रसाद अधिकारी, देलेख ।

१९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको दैलेखस्थित गुल्मले आज विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरेको छ । सशत्र प्रहरी बल नेपाल आश्रीत गुल्म दैलेखको आयोजनामा सरस्वती बृद्धाश्रम लगाएत सदरमुकामका विभिन्न मन्दिरको वरपरको भागमा सरसफाई गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको दैलेखस्थित गुल्मका इञ्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक जीवन भट्टराई लगायतको टोलीले उक्त कार्यक्रम उपस्थीत भई आफ्नो स्थापना दिवसको अवसर पारी सदरमुकामका विभिन्न ठाउँमा सरसफाई गरीएका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराइले बताए ।

२०५७ माघ ९ गते स्थापना भएको सशस्त्र प्रहरीले विपदको व्यवस्थापन, राजमार्ग सुरक्षा, अतिविशिष्ट महानुभावको सुरक्षा लगायतका शान्ति सुरक्षाको काम गरिरहेको छ । उक्त कामका लागि देशभर सशस्त्र प्रहरी बल नेपालको ३७ हजार जनशक्ति परिचालन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्