छोराछोरी फौजमा, आमाबुवालाई सम्मान



विमल विष्ट, डोटी ।
डोटीको दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणले डोटीको केआईसिंह गाउँपालिका वडा नं ६ बस्ने प्रेमराज जैशी र बासुदेबी जैसीलाई बिहिवार एक कार्यक्रमका बीच सम्मान गरेको छ । उहाँका ६ छोरा र १ छोरी सबै फौजमा जागिर भएका कारण उहाँलाई सो गणका गणपती जहरसिंह बुढामगरले प्रमाणपत्र तथा दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।

गणको  वार्षिक उत्सबको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा जैसी परिवारलाई सम्मान गरिएको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलले जनाएको छ । जैसीका ५ छोरा र एक छोरी नेपाली सेनामा कार्यरत छन भने एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेका छन् ।

छोरा छोरीले गरेको योगदानले आफु सम्मानित भएकोमा निकै खुसि भएको सम्मानित हुनु भएका प्रेमराज जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा छोरा छोरीको योगदानले म आज सम्मानित भए यो भन्दा अरु खुसिको क्षण के हुन सक्छ र ।” समान्य परिवारमा जन्मिएका छोरा छोरीले बुवा आमालाइ सम्मानीत गर्न सकेको भन्दै अहिले जैसी परिवारमा खुसियाली छाएको छ । आफ्ना सन्तान फौजमा भएका कारण जैसी परिवार खुसि भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्