राष्ट्रिय सभा सदस्यमा गण्डकी प्रदेशबाट नेकपाका श्रेष्ठ र न्यौपाने विजयी



न्युज अफ नेपाल, कास्की ।

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् ।

यस्तै, गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । न्यौपानेले ३३६६ मत प्राप्त गरेकी छन् भने प्रतिद्धन्द्धी काँग्रेसकी विमला गौचनले २३४० मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्