प्रधानाध्यापकद्वारा दुई छात्रामाथि यौन दुव्र्यवहार



सरोज यादव, विराटनगर ।
विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएकी छिन् । उनीहरु आफूलाई अध्यापन गराउँदै आएका मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएकी छिन् ।

विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुब्र्यवहारको शिकार भएकी हुन् । सो मदरसाका प्रधानाध्यापक समेत रहेका मोलवी अमिरुद्दिनबाट आफुहरु यौन दुब्र्यवहारको शिकार भएको छात्राहरुले बताएकी छन् ।

मोलवी अमिरुद्धिनले माघ ७ गते र माघ ८ गते गरी मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्धिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुब्र्यवहार गरेको पीडित छात्रा मध्येकी एकको भनाइ छ । माघ ८ गते बुधबार, यौन दुब्र्यवहार भएपछि पीडित छात्रा बिहीबार मदरसा जान मानेकी थिइनन् ।

उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुब्र्यवहारको बिषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । मोलवी अमिरुद्धिले यसअघि गएको माघ ७ गते समेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ बर्षिय छात्रालाई समेत यौन दुब्र्यवहार गरेको खुलासा भएको छ ।

दैनिक ६ बजेदेखी ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्धिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुब्र्यवहार गरेको पीडित छात्राले बताउनुभएको छ । २०६४ सालदेखि सो मदर्सामा अध्यापन गराउँदै आएका मोलवी अमिरुद्धिनले छात्राहरुलाई यसअघि पनि पटकपटक यौन दुव्र्यवहार गर्दै आएको स्थानीयले बताएका छन् ।

कयौं पटक घटना घटाए पनि स्थानीयस्तरमै मिलापत्र गरेर घटना ढाकछोप गरिएको स्थानीयले दाबी गरेका छन् । पीडितका आफन्तले घटनाका विषयमा प्रहरीलाई जानकारी गराएपछि आरोपीका छोराहरुले तरबार देखाउँदै धम्क्याएको पीडतका आफन्तको भनाइ छ । घटनाको विषयमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् । उजुरी आएको पुष्टि गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी लोकदर्शन थापाले आरोपीविरुद्ध बाल यौन दुब्र्यवहारको मुद्दा अघि बढाइने जानकारी दिनुभयो । उहाँले आरोपीको खोजीगर्न प्रहरी खटि गए पनि घरमा फेला पर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्