टिप्परको ठक्करबाट महिलाको मृत्यु



न्युज अफ नेपाल, कञ्चनपुर ।

कञ्चनपुरमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत कञ्चनपुरको भिमदत्त नगरपालिका–४ मा तीब्र गतिमा आएको से १ क ८८७ नम्बरको टिप्परले बिहीबार दिउँसो पैदल हिंडिरहेकी महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु भएकी महिलाको सनाखत नभएको प्रहरीले जनाएको छ । ट्राफिक कार्यालयभन्दा ५ सय मिटर पश्चिमतर्फ भएको घटनामा चालकको लापरबाही देखिएको स्थानीयले बताएका छन् । घटना लगत्तै चालक फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्