चन्द्रपुर उप-मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता हुने



न्युज अफ नेपाल, रौतहट ।

रौतहटको चन्द्रनिगाहपुरमा पहिलो पटक ठुलो धनराशीको चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

देशभरका उत्कृष्ट ८ नगरपालिका सम्मिलित महिला लिग फुटबल प्रतियोगिता हुन लागेको रौतहट फुटबल संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । रौतहट जिल्ला फुटबल संघको आयोजना, चन्द्रपुर नगरपालिका रौतहटको संरक्षण तथा सहयोग एबम अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा ब्यबस्थापनमा माघ १० गते देखि प्रतियोगीता हुन लागेको हो ।

चन्द्रपुर नगरपालीका ६ स्थित स्वर्गीय शेर वहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा आयोजना हुने प्रतियोगिता १८ गते सम्म चल्ने छ । दैनिक दुई पालिका बीचका महिला खेलाडी बीच हुने प्रतियोगीतामा बिहान ११ः४५ र दिउसो २ः३० बजे रहने जनाईएको छ । माघ १६ गते पनि दुई वटा सेमिफाईनल खेल हुने र १८ गते फाईनल खेल हुने आयोजक रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दलार्मीले जानकारी दिनुभयो ।

प्रतियोगितामा समुह क अन्तर्गत बाह्रबिसे नगरपालीका सिन्धुपाल्चोक, चन्द्रपुर नगरपालीका रौतहट, बिदुर नगरपालीका नुवाकोट र चौदण्डीगढि नगरपालीका उदयपर रहेका छन, यस्तै समुह ख अन्तर्गत वालिङ्ग नगरपालीका स्याङ्जा, बाँसगढि नगरपलिका बर्दिया, बिरेन्द्रनगर नगरपालीका सुर्खेत, बिराटनगर महानगरपालीका मोरङ्ग खेल्ने भएका हुन् । चन्द्रपुर नगरपालिकामा हुने यस प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी लाई स्कुटर बाट पुरस्कृत गरिने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको प्रदेश नम्बर २ का लिग संयोजक नेपाल कार्कीले बताउनु भयो । सेमीफाईनल पुग्ने दुई टिम लाई जनही ५०/५० हजार नगद पुरस्कार र प्रतियोगिताको प्रत्येक खेलमा वम्यान अफ दी म्याच लाई नगद ५ हजार र कपको ब्यबस्था गरिएको रौतहट फुटबल संघका महासचिब मधुसुदन धितालले बताउनु भयो ।

यस्तै उत्कृष्ट पाँच बिद्याका खेलाडीहरु लाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीताका लागी यसअघि पौष १४ गते चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, एन्फाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र रौतहट फुटबल संघका प्रतिनिधि बिच आगामी ३ बर्षका लागि फुटबल खेलको प्रतियोगिताको लागि सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्