सांसद मनाङे पोखराको लेकसाइडबाट पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

दीपक मनाङेका नामले परिचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

मनाङेलाई पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेका हो ।

मनाङेले मंगलबार पोखरामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए ।

बुधबार गुरुङले सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए । जाहेरीपछि मनाङेविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्