सांसद मनाङेविरुद्ध पक्राउ पूर्जी जारी



न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ उर्फ दिपक मनाङेविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको छ ।

मनाङेले मंगलबार पोखरामा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । बुधबार गुरुङले सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए ।

मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागे जति खर्च नदिएको निहुमा मनाङेले गुरुङमाथि दुर्व्यवहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्