धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गर्ने ससुरा पक्राउ



न्युज अफ नेपाल, दाङ ।

दाङ गढवा ४ रामनगरमा बसोबास गर्दै औका कुलमान योगीलाई आफ्नै बुहारीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरको छ । योगीले बुहारी बसन्ती कुवरको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

ससुराको प्रहारबाट घाइते बसन्तीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । नातिनीको बिषयमा भएको विवादमा योगीले आफ्नै कान्छी बुहारीलाई धारिलो हतियार प्रहार गरेका थिए । बसन्तीको हात, पेट र खुट्टामा गम्भिर प्रहार भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी नियन्त्रणमा रहेका यागीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्