काष्ठमण्डप पुननिर्माणमा कामपाले दियो थप ५ करोड



न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले काण्ठमण्डप पुननिर्माणको लागि ५ करोड रुपिया उपलब्ध गराएको छ ।

आज राजधानीमा आयोजित कार्यक्रममा कामपाका मेयर विद्यासुन्दर शाक्यले पुननिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

यस अघि कामपाले पहिलो किस्ता वापत ५० लाख , दोस्रो किस्ताबापत ५ र तेस्रो किस्ता बापत आज ५ करोड रुपिया हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक शाक्यले हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभयो ।

संसाद कृष्णगोपाल श्रेष्ठले काठमाडौं दरबार क्षेत्रको अब बन्ने सबै सम्पदा कामपाले बनाउने जानकारी गराउनुभयो । मेयर शाक्यले आफ्नो कार्यकालयमा काष्ठमण्डपको पुननिर्माण भैसक्ने दाबी गर्नुभयो ।

उहाले भन्नुभयो–सो सम्पदा पुननिर्माणको लागि आवश्यक सम्पुर्ण रकम कामपाले बेहोर्नेछ । कार्यक्रममा उपमेयर हरीप्रभा खड्गीले जनप्रतिनिधिको सहयोगमा कामपाले सम्पदा पुननिर्माण गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्