म्यानचेस्टर सिटीको जित



लन्डन, (एजेन्सी)।

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको छ।अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको निर्णायक गोलमा सिटीले सेफिल्ड युनाइटेडविरुद्द १–० गोलको संघर्षपूर्ण जित निकालेको हो। ब्रामन लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा अगुइरोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

खेलको ७३औं मिनेटमा अगुइरोले काउन्टर एट्याकमा गोल गर्दै सिटीलाई जित उन्मुख पारेको थिए। केभिन डि ब्रुयनको पासमा स्थापन्न खेलाडी अगुइरोले गोल गर्न सफल भएका थिए। उनी खेलको ६७औं मिनेटमा जेससको स्थानमा मैदान प्रवेश गरेका थिए।

त्यसअघि खेलको ३६औं मिनेटमा ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा सिटीले अग्रता लिनबाट चुकेको थियो। क्रिस वासामले रियाद महारेजलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जेसस चुकेका थिए। जितपछि सिटीले २४ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा पराजित सेफिल्ड ३३ अंकसहित सातौ स्थानमा छ।

सिटी दुई खेल कम खेलेको शीर्षस्थानको लिभरपुलभन्दा १३ अंकले पछाडि रहेको छ। सिटी तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अंकले अगाडि छ।त्यस्तै अर्को खेलमा लन्डन क्लब चेल्सी र आर्सेनलले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।

१० खेलाडीमा समेटिएको आर्सेनलले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो। चेल्सीले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो। स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा आर्सेनल १० खेलाडीमा समेटिएको थियो।

चेल्सीका ट्यामी अब्राहमलाई डेभिड लुइजले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले लुइजलाई रेफ्रीले रातो कार्ड देखाउदै चेल्सीलाई पेनाल्टी दिएका थिए। सोकोड्रान मुस्ताफीको ब्याक पासमा गोलरक्षक बर्न लेनोलाई बिट गरेपनि लुइजले अब्राहमानथि खराब ट्याकल गर्न पुगेका थिए।

त्यसमै प्राप्त पेनाल्टीमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। ६३औं मिनेटमा पाहुना टोली आर्सेनलले बराबरी गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। मुस्ताफीको काउन्टर एट्याक पासमा ग्याब्रियल मार्टिनेलीले गोल गर्न सफल भएका थिए। ८४औं मिनेटमा कप्तान र सेजर एजपिलीक्वेटाले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए।

८७औं मिनेटमा कप्तान हेक्टर बेलेरीनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। लुकास टोरेराको पासमा पेनाल्टी बक्सभित्रबाट बेलेरिनले गरेको प्रहार दोस्रो बारबाट गोलमा परिणत भएको थियो। बराबरीपछि चेल्सी २४ खेलबाट ४० अंक जोडेर चौथो स्थानमा यथावत् छ। आर्सेनल ३० अंकसहित १०औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्