नेपालले इंग्ल्यान्डसँग खेल्ने



काठमाडौं, (नेस)।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इंग्ल्यान्डको फुटबल संघ (एफए) सँग सम्झौता ज्ञापन पत्रमा बुधबार हस्ताक्षर गरेको छ।सातदोबाटोस्थित एन्फा भवनमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र एफएका राष्ट्रिय लिग प्रणालीका प्रमुख लाउरेन्स जोन्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

दुबै संघले इंग्ल्यान्डको सी टिम र नेपालको राष्ट्रिय टिमबीच दुई मैत्री खेल खेलाउनेमा सहमति गरेका हुन्। पहिलो खेल यसै वर्षको मे २५ मा इंग्ल्यान्डको एल्डरशट टाउन एफसीमा हुने पनि जनाएको छ। नेपालले इंग्ल्यान्ड सी टिमसँगको खेल आगामी वर्ष २०२१ मा नेपालमा आयोजना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्