किन्डर ओलम्पिक सम्पन्न



काठमाडौं, (नेस)।

साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले आयोजना गरिएको किन्डर ओलम्पिक सम्पन्न भएको छ। पौष १२ गते र माघ ८ गते गरी दुई दिन संचालन भएको विभिन्न प्रतियोगितामा २८ विद्यालयका १२ सय बालबालिकाहरूले प्रतिस्पर्धा गरेका थिए।

खेलकुदको आधार स्कुल भन्ने नाराका साथ बालबालिकाहरूलाई खेलकुदमा अभिरुची बृद्धि गर्दै भोलीको आधार खडा गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएका छन्।

अर्ली चाइल्ड हुड एजुकेशन टिचर्स एसोशियसनको आयोजनामा भएको ओलम्पिकमा ३ देखि ५ वर्षका मन्टेश्वरीमा अध्ययन गरिरहेका बालबालिकाहरूले २० मिटर, २५ मिटर र ३० मिटर दूरीको दौड, रिङ दौड, बल लिएर दौड गरेका थिए। यस्तै बालबालिकाहरूले कराते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक र जुमाको प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्