मुटुमाथि ढुंगा राखी…



सभामुख पदका एक्लो उम्मेदवार भएसी अग्नी सापकोटा गद्गद् हुने नै भए। ठूलो रस्काकस्सीका वीच पार्टीले आफूलाई रोजेसी गद्गद् भएका उनी प्रतिपक्षी काँग्रेसले आफूविरुद्ध उम्मेदवार नदिएसी झनै गदगद भा’छन्। हरेक दिन बधाई दिने बढ्या बढ्यै छन्।

यस्तै माहोलका बीचमा उनको मनभित्र डर र त्रासको पारो पनि उत्तिकै बढ्या बढ्यै छ। काभ्रे छत्रबास–५का अर्जुनबहादुर लामाको हत्या उनै अग्नीले गर्या हुन् भनेर लामाकी पत्नीले किनाटी जाहेरी दिएसी अग्नी पुजनिय ठहरिएनन्।

लामा हत्याबारे आगामी २२ गते सर्वोच्चको संवैधानिक इजलाशमा सुनुवाई हुने भएसी उनी कसरी हुन्छन् पुजनिय ? सो इजलासको मिति जति जति नजिकिँदै गएको छ, अग्निको ढुकढुकी उत्ति नै बढ्या बढ्यै छ।

ऊ बेला द्वन्द्वकालमा ‘शाही जल्लाद’सँग पटक–पटक आमने सामने पर्दा उनको मुटु जति ढुकढुक गर्याथ्यो त्यो भन्दा कम भन्दा कम बढ्या छैन अहिले।यस्तै माहोलका वीचमा उनी बधाई थाप्या थाप्यै छन्, उही पुरानो गीत ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ…’ सम्झँदै।

प्रतिक्रिया दिनुहोस्