उखु किसान थप आन्दोलित



काठमाडौं, (नेस)।

उखु किसानहरूले भुक्तानी नपाएको भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। माघ १० गते कालोपट्टी बाँधेर खेतबारीमा काम गर्ने र माघ ११ गतेदेखि १७ गतेसम्म गाउँगाउँमा जागरण अभियान साथ स्थानीय सरकारको भन्डाफोर गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले यति गर्दा पनि सरकारले नसुने माघ १८ गते उखु किसानको भेला गरी आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो।

त्यस्तै सर्लाहीको हरिवनमा माघ ११ गते बिहान ११ बजे उखु किसानको भेला हुने भएको छ। देशभरका उखु किसान समेट्ने गरी आयोजना गर्न लागिएको भेला उखु उत्पादक महासंघ, उखु मिल्गेट समिति र अखिल नेपाल उखु महासंघले गर्ने उखु उत्पादक सर्लाही जिल्ला संघका सदस्य गोविन्द मैनालीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्