एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिस्ट सिम’



काठमाडौं, (नेस)।

विश्वका विभिन्न देशहरूबाट नेपाल भ्रमणमा आउने पर्यटकले एनसेलको नयाँ योजना ‘टुरिस्ट सिम’ सार्वजनिक भएको छ। एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको यो योजना बुधबारदेखि सञ्चालनमा आएको हो।

यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशीले सजिलै टुरिस्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बन्डलिङ गरिएको प्याकहरू लिन सकिने कम्पनीले जनाएको छ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले करसहित मात्र रु १०० मा टुरिस्ट सिमसहितको स्टार्टर प्याक लिन सकिनेछ। यो प्याकमा पर्यटकले रु ३० मेनब्यालेन्स र तीनदिन समयावधि भएको १ जिबी डेटा पाउँछन्।

यो सिममा पे यज यु यो रेट लागू हँुदैन र पर्यटनहरूले आफ्नो नेपालको बसाइ र सेवाको आवश्यकताबमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बन्डल गरिएको तीनदेखि ३० दिनसम्म समय सीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन्।

पर्यटकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएका कम्बो प्याकहरूमा तीनदिने प्याकको करसहित रु २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाइस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ।

७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाइस रहेको ७ दिने प्याकको करसहित रु ४९० तोकिएको छ भने करसहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाइस बन्डल गरिएको प्याक लिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्