शेयर बजारमा ७ अंकको गिरावट



काठमाडौं, (नेस)।

शेयर बजारमा ७ दशमलव शून्य ५ अंकको गिरावट आएसँगै बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३१३ दशमलव ४२ अंकमा झरेको छ। बुधबार एक अर्ब ५८ करोड रुपियाँको शेयर किनबेच भएको छ

बुधबार पनि ग्लोबल आइएमई बैंकको सेयर सबैभन्दा बढी किनबेच भएको छ। बैंकको करिब २० लाख कित्ता सेयर ६१ करोड रुपियाँमा किनबेच भएको छ। ग्लोबल आइएमई बैंक पछि नेपाल बैंकको नौ करोड रुपियाँको सेयर किनबेच भएको छ।

धेरै सेयर किनबेच हुनेमा ५ वटा बीमा कम्पनी छन्। सबैभन्दा धेरै सूर्या लाइफको ७ करोड ६९ लाख रुपियाँको शेयर किनबेच भएको छ। यस दिन १ सय ७८ कम्पनीका ४९ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्।

लाइफ इन्स्योरेन्सको उपसूचक २ प्रतिशतले बढे पनि अन्य सबै उपसूचक घटेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर, होटल र ट्रेडिङ समूहका उपसूचक १ र १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्