रियलमीको रियलमी फाइभ आइ बजारमा



काठमाडौं, (नेस)। 

स्मार्ट फोन ब्रान्ड, रियलमीले आफ्नो रियलमी फाइभ सिरिजअन्तर्गतको नयाँ क्वाड् क्यामेरा फोन रियलमी फाइभ आइ नेपाली बजारमा भित्रयाएको छ। रियलमीले थप राम्रो क्यामेरा, ब्याट्री, डिजाइनको साथमा सुपथमूल्यमा रियलमी फाइभ आइ बजारमा ल्याएको छ।

पाँच हजार एम्एच् ब्याट्रीको साथमा यस मोबाइलले उक्त मूल्य श्रेणीमा सबैभन्दा राम्रो ब्याट्री–लाइफ र सबैभन्दा लामो ३० दिने स्ट्यान्डबाई प्रदान गर्दछ।

रियलमी फाइभ आइमा ब्याट्रीको सुरक्षा निश्चित गर्नका लागि फायरप्रुफ– प्रोटेक्टिभ–सेपरेसनको साथ निर्माण गरिएको छ।
रियलमी फाइभ आइमा ११ एन्एम् उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ एआइई रहेको छ ।

जसले गर्दा, २ दशमलव ० गिगाहर्जको क्लक् स्पिडमा कार्यहरू सञ्चालन गर्न सक्छ। साथै, थर्ड जेनेरेसन क्वालकम् एआइले उल्लेखनीय गेमिङ अनुभव र प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएको छ।

रियलमी फाइभ आइमा प्रयोग भएको सफ्टवेयर, कलरओएस् ६ दशमलव १ ले रियल प्राइभेसी फङ्सन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सिम्पल्र यूआईजस्ता थ्ुप्रै फिचरहरू प्रदान गर्दछ।

कलरओएस् ६ दशमलव १ को साथमा, रियलमी फाइभ आइले डार्कमोड एक्टिभेट गर्न सक्छ ।जसले गर्दा अध्याँरो स्थानमा फोन चलाउँदा आँखालाई सहज हुनेगर्छ। रियलमी फाइभ आइको ४+६४ जीबी भेरियन्टको मूल्य २० हजार ९ सय ९० रुपियाँ पर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्