समलिंगी विवाह अस्वीकार



केपटाउन, (एजेन्सी)।
दक्षिण अफ्रिकामा एक विवाह आयोजना स्थलले इसाई मान्यताअनुसार एक समलिंगी जोडीको विवाह गर्न अस्वीकार गरेको छ। दक्षिण अफ्रिका समलिंगी विवाहलाई अनुमति दिने एक मात्र अफ्रिकी मुलुक हो।

दक्षिण अफ्रिकाका शाशा ली हिकिस र मेगन वाटलिंगले सन् २०२१ अप्रिलमा विवाह गर्ने योजना बनाउँदै त्यसको आयोजनाका लागि राम्रो स्थल चयन गर्दै सोधपुछका लागि बेलोफटबोस विवाह समारोह स्थल पुगेका थिए।

तर उक्त स्थलका मालिकले उनीहरुलाई इसाई धार्मिका मान्यताअनुसार समलिंगी विवाहको आयोजना गर्न नसक्ने जवाफ दिएर निरास बनाए।

प्रतिक्रिया दिनुहोस्