मिडियालाई चेतावनी



टोरोन्टो, (एजेन्सी)।
बेलायतका पूर्वराजकुमार तथा राजकुमारी ड्युक र डचेज अफ सक्सेसले एक सञ्चार माध्यमविरुद्ध बुधबार कानूनी चेतावनी जारी गरेका छन्। क्यानडामा रहेकी मेगनको तस्वीर पत्रिका र वेबसाइटमा सार्वजनिक भएपछि यो जोडीले यो कदम चालेको हो।
तिनीहरुका वकिलका अनुसार छोरालाई बोकेर आफ्ना दुई कुकुरलाई डोर्याइरहेको मेगनको तस्वीर फोटोग्राफरहरुले झाडीमा लुकेर खिचेका हुन््। फोटोग्राफरहरुले मेगनमाथि जासुसी पनि गरिरहेको वकिलले बताएका छन् ।
स्मरणीय छ , यस्ता फोटोग्राफर अर्थात् पापाराज्जीको कारण नै ह्यारीका आमा युवराज्ञी डायनाका पेरिसमा कार दुर्घटनामा ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्