पूर्वराजदूत अर्याललाई अर्डर अफ जापान



काठमाडौं, (नेस)।

जापानका लागि नेपाली पूर्व राजदूत नारायणप्रसाद अर्याललाई दिइने भनी जापान सरकारले घोषणा गरेको पदक अर्डर अफ जापान यही माघ २२ गते एक समारोहका बीच प्रदान गरिने भएको छ।

गत कात्तिक महिनामा जापान सरकारले घोषणा गरेको यस पुरस्कार तथा सम्मानका सम्बन्धमा नेपाल समाचारपत्रसँग बुधबार कुराकानी गर्दै ८८ वर्षीय अर्यालले भन्नुभयो, ‘जापानीहरूको अभिलेख देखेर म दंग परें, तीन दशकअघि मैले राजदूत भएर खेलेको भूमिकाका बारेमा उहाँहरूसँग विस्तृत विवरण रहेछ, राइजिङ अर्डर अफ जापान प्रदान गर्दैछौं, स्वीकार गर्नुहुन्छ नि भनेर घरमै आएर सोध्नुभयो, यसका लागि म आभारी छु।’

जापानी सम्राट्द्वारा प्रदान गरिएको २०१९ को यस पदकलाई विदेशी नागरिकलाई प्रदान गरिने जापानको उच्च सम्मानका रूपमा लिइन्छ।

अर्डर अफ द राइजिङ सनु पनि भनिने यो पदक अर्याललाई जापान–नेपालबीच सम्बन्ध विस्तारमा उल्लेख्य योगदान दिएका कारण प्रदान गरिएको हो।

उहाँले जापानका लागि पाँचौं नेपाली राजदूत भएर २०४२–२०४८ सालमा सेवा पुर्याउनुभएको थियो। यस कालमा नेपालले जापानबाट उच्च परिमाणको विकास सहयोग प्राप्त गरेको तथ्यांकले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्