मंगोलियामा २६ हजार जनावरको मृत्यु



काठमाडौँ । मंगोलियामा अत्यधिक जाडोका कारण २६ हजारभन्दा बढी जनावरको मृत्यु भएको छ। शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मंगोेलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ । तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमै मरेका हुन् । घटनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ । मङ्गोलियामा जाडो मौसमका बेलामा धेरै जनावर मर्ने गरेको अधिकारीहरुले बताएका छन् । यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर मरेको मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए)ले जनाएको छ। यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावर यही शिशिर ऋतुमा जाडोकै कारण मरेका थिए ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्