ट्रक लगायतका सवारीमा यात्रु चढाएपछि बढेको दुर्घटना रोक्न पहल



सीताराम अधिकारी, धादिङ ।

अवैधानिक रुपमा जिल्लामा यात्रुवहाक सवारी संचालन भइ दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालयले आज धादिङबेसीमा यायायात व्यवसायि, प्रहरी र नागरिक समाजसंग छलफल गरेको छ । जिल्ला प्रशासनले गरेको छलफलपछि सिटभन्दा बढी यात्रु चढाउने, मालबहाक सवारीले यात्रु चढाउने गरेमा अबदेखि जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरि कारबाही गर्ने सहमति भएको छ ।

सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा त्यस्ता सवारी चालकलाई अबदेखि जरिवाना होइन प्रहरीले हिरासतमा राखेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ । बिमा नभएका सवारी संचालनमा पूर्ण रुपमा रोक लगाउने, बिलबुकमा जुन प्रयोजन भनिएको सोही अनुसार सवारी संचालन गर्ने, प्रदुषण पासनभएका सवारी संचालनमा रोक लगाउने, सामान ढुवानी गर्दा सवारी साधनको बाहिर निस्कनेगरि सामाग्री राख्न नपाइने निर्णय गरिएको छ ।

ट्राफिक प्रहरीहरुले सवारी चालक र यात्रुहरुका लागि सचेतनामूलक कार्यक्रम संचालन गर्ने, टाइम कार्ड व्यवस्था गर्ने, मापसे परिक्षण गर्ने, रातको लागि विशेष सांकेतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रुसंख्याभन्दा बढी यात्रु राखेमा कारबाही गर्ने निर्णय गरेको छ । जिल्लाको प्रमुख तिर्थस्थल ढोला मण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गर्ने सहमति गरिएको छ । प्रमुख जिल्ला अधिकारीले संयोजन गर्नुभएको सरोकारवालाहरुको बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहर।ी उपरिक्षक रबिन्द्र रेग्मी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्