कांंग्रेस शिर्ष नेताको बैठकले निष्कर्स लिन सकेन



न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शिर्ष नेताको बैठक बिना निष्कर्स सकिएको छ। कांंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार बुधबार साँझ तीन घन्टा चलेको बैठकले ठोस निर्णय गर्न सकेन। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरू सहभागी भएका थिए।

पुस ११ गते देउवा समुहका केन्द्रीय सदस्य मात्रै उपस्थित बैठकले १४ औं महाधिवेशनलगायत निर्णय गरेपछि पौडेल र सिटौला रुष्ट छन्। उनीहरुलाई सहमतिमा ल्याउन देउवाले छ्लफल गरेका हुन्। विवादका सबै विषयमा नेताहरुबीच छ्लफल भए पनि निर्णय गर्न सकेन। शुक्रबार विहान ९ बजे फेरि बैठक बस्ने परी आजको बैठक सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्