राष्ट्रियसभा निर्वाचनमा राप्रपाकाे दुई मत नेकपालाई



न्युज अफ नेपाल, पाेखरा ।
यही माघ १० गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सघाउने भएको छ । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल र बाग्लुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्काको मत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरुलाई मतदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ती दुई मत नेकपाका उम्मेदवारहरु नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेलाई मतदान गर्ने भएको हो । आफ्नो पार्टीको उम्मेदवार नभएको र मत खेर नफाली नेकपाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्