राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालासँग अन्तरक्रिया



शिक्षा पन्त, लमजुङ ।
जिल्ला निर्वाचन कार्यालय लमजुङले जिल्लामा रहेका ८ स्थानीय तहका राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच अन्तरक्रिया अन्तरक्रिया गरेको छ । कार्यक्रममा राजनीतिक दहरुले निर्वाचन कार्यालयले सहकार्य नगरेको आरोप लगाएका छन् ।

जिल्लाका राजनीतिक दल र निर्वाचन कार्यालयको सम्बन्ध सुमधुर भएपनि प्रदेश र स्थानीय तहको निर्वाचनका उमेद्वारहरुले निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा नबुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जिबाखर शर्माले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७६ को बारेमा र राष्ट्रिय सभा गठन र कार्यकाल, राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन प्रणाली, राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुने पदको समूह एवं प्रदेशगत विवरण, राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा उमेद्वारको योग्यता, राष्ट्रिय सभा सदस्य निर्वाचन मण्डल तथा मतभार, राष्ट्रिय सभा सदस्य निर्वाचनमा लमजुङको मतभारको अवस्था लगायतका विषयमा कार्यपत्र मार्फत जानकारी दिनुभएको थियो ।

जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रले निर्वाचन आयोगको संवैधानिक व्यवस्था, निर्वाचन आयोगको गतिविधि, मतदाता नामावली, निर्वाचन आचारसहिंता, राजनीतिक दलहरुसँग निर्वाचन आयोगको अपेक्षा लगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्