‘ठगलाई मैले झापड नहानेर माला लगाइदिऊँ त’ : दीपक मनाङ्गे



न्युज अफ नेपाल, पोखरा ।

दीपक मनाङ्गेका नामले परिचित गण्डकी प्रदेशका सांसद राजीव गुरुङले अखिल नेपाल फुटबल संघ ९एन्फा०का कास्की अध्यक्ष मिलन गुरुङमाथि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा गुरुङलाई झपड हानेका थिए ।

गुरुङले बुधबार पत्रकारसम्मेलन गरी मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएसँगै मनाङ्गेले पनि पत्रकार सम्मेलन गरेका छन् । गुरुङमाथि भ्रष्टाचारको आरोप लगाउदै मनाङ्गेले भने, ‘ठगलाई मैले झापड नहानेर मैले माला लगाइदिऊँ त ?, यस्तो मान्छेलाई तपाईंहरुले पनि झापड हान्ने हो, मैले पनि हान्ने हो ।’

यस्तै, गुरुङले भ्रष्टाचार गरेको भए कारबाही गर्ने निकाय छ नि भन्ने प्रश्नमा सांसद मनाङ्गेले भने, झापड पनि कानून हो । हिजो जनताले पूर्वप्रधानमन्त्रीलाई चप्पल हाने । अनि मैले ठगलाई झापड हान्दा यत्रो ठूूलो विषय किन ?’

झापड हानेर ठीक गरें भन्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘मलाई एकदमै राम्रो लागेको छ । तपाईंलाई नराम्रो लागेको छ भने लेख्नुस् न यार ।’

‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्