अजिता हत्याकाण्ड : एक मात्र साहारा गुमेपछि परिवार बिचल्लीमा



कृष्णउदास खनाल, हेटौंडा ।

२०७६ साल माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा बिहानै एउटा शव फेला परेको हल्ला बजारभरी फैलियो । त्यो शव फेला परेको खबर हेटौंडा ११ बस्ने ७६ बर्षीय भक्तबहादुर भुजेल र ७० बर्षीयाा कृष्णामायाँ भुजेलले पनि सुनिन् तर त्यो सत्य नहोस् भन्ने उनीहरुको चाहना थियो तर त्यो शव कसैको नभइ आफ्नै पहिला नाती तर पछि नातिनी बनेकी अजिता भुजेलको थियो ।

तेश्रो लिंगी अजिता भुजेलको हत्या गरिएको अवस्थामा माघ ४ गते शव फेला परेपछि परिवारका एक मात्र साहारा डुबेपछि अहिले अजिता भुजेलका ७६ बर्षीय हजुरवुवा भक्त बहादुर नातिनीको काजक्रियामा रहनु भएको छ । पहिला अजय नाउँ थियो,पछि उनी आफैले नाउँ परिवर्तन गरी अजिता राखेका थिए ।

आफूलाई महिला बताउन चाहने अजिता अन्ततः परिवारसँग संघर्ष गरेर घरै छाडेर पनि हिँडेका थिए । घर छाडेपछि उनी घरमा बेलाबेलामा आउथे र डाँडामाथिको जुन भएका आफ्ना हजुरबुवा र आमालाई केही सहयोग गर्दथे । अजिताको बुवा अर्जुनको निधन भएसकेका कारण हजुरबुवा काजक्रियामा बस्नु भएको हो । भक्त बहादुरको जेठा छोरा अर्र्जुन धेरै बर्ष अगाडि भारतमा बितेका थिए र उनैको सन्तान थिए,अजय । आफ्नो नातिनीको हत्यापछि आफूहरुको सबै खुसी खोसिएको ७० बर्षीयाा हजुरआमा कृष्णाकुमारी भुजेलले गुनासो गर्नुभयो ।

अपराधी पक्राउ परे आफूहरुलाई न्याय हुने उहाँको तर्क छ । नातिनी संझदै भक्कानिदै कृष्णाले आफूहरुको साहारा खोसिएको बताउनुभयो । मकवानपुरका प्रहरी उपरीक्षक शुशीलसिंक राठौरले अजिता हत्या प्रकरणलाई प्रहरीले गम्भीरता पूर्वक लिएको र एक दुई दिनमा नै अपराधी पक्राउ पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्