दामन घटनाबारे छानविन गर्न समिति गठन



न्युज अफ नेपाल, काठमाडौं ।

दामनको एक रिसोर्टभित्र बेहोस अवस्थामा भेटिएका आठ जना भारतीय नागरिकको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएपछि छानविनका लागि सरकारले समिति गठन गरेको छ । दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीय पर्यटक एउटै कोठामा मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ । पर्यटन विभाग, होटेल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

विभागका अनुसार घटनामा रिसोर्टले निर्धारित मापदण्ड पुरा गरे नगरेको सम्बन्धमा अध्ययन हुने र पर्यटकको सुरक्षामा रिसोर्टको तर्फबाट कमजोरी भए नभएको बारे अध्ययन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्