इन्फिनिटी लघुवित्तवित्तीय संस्थाको तेस्रो वार्षिकोत्सव



न्युज अफ नेपाल, नवलपुर । इन्फिनिटी लघु वित्तवित्तीय संस्थाको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मंगलबार केन्द्रीय कार्यालय गैंडाकोट नवलपुरमा वित्तीय साक्षरता, भ्रमण वर्ष २०२० सम्बन्धी नारा भएको सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यसले २६ जिल्लामा ४९ वटा शाखाकार्यालय मार्फत ३१हजार भन्दाबढी घर परिवारलाई सेवा पुर्याउदै आएको छ । सँस्थाले नवीनतम प्रविधिको प्रयोग गर्दै  ग्राहकको आवश्यकताअनुसार उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष उद्यमी बन्न तालीम, मिटयान्स सेवा, मिसकल बैंकिङ्ग सुबिधा, ग्राहक संरक्षण कोष मार्फत दैवी प्रकोपमा परेका सदस्यहरुलाई राहत, सुत्केरी सुबिधा जस्ता सेवा प्रदान गरिरहेको प्रमुखकार्यकारी अधिकृत लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजिवीलगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्