शुक्रबार सार्वजनिक बिदा



न्युज अफ नेपाल, काठमाडौं ।

तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १० गते सार्वजनिक बिदा दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बागमती प्रदेशमा बिदा दिने बताएको छ ।

गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्