५ हजार घुससहित वन कार्यालयका प्रमुख रङ्गेहात पक्राउ



न्युज अफ नेपाल, बुटवल ।

रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

काठको सिफारिस गरेवापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्