ह्यारी दम्पतीद्वारा आफ्नो निजी तस्वीर सार्वजनिक गर्नेलाई कानुनी कारबाहीको चेतावनी



ऐजेन्सी । क्यानडामा रहेकी मेगनका तस्वीर सञ्चारमाध्यममा प्रकाशित भएपछि ड्यूक र डचिस अफ ससिक्सले बिनाअनुमति आफ्नो तस्बिर खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

मेगनले आफ्नो छोरा बोकेर कुकुर डोर्‍याउँदै हिँडेको तस्वीर एक फोटोग्राफरहरूले झाडीमा लुकेर खिचेका थिए । उक्त तस्वीर बाहिरिएसँगै मेगनका वकिलहरुले फोटो खिच्ने व्यक्तिले जासुसी समेत गरेको हुनसक्ने बताएका छन् ।

फोटोग्राफरले लामो रेन्जका लेन्स प्रयोग गरेर ड्युक र डचेज अफ ससेक्सको घरभित्र भइरहेका हरेक क्रियाकलापबारे समेत जासुसी गरिरहेको वकिलको भनाइ छ ।

सोमवार मेगनले भ्यानकुभर आइल्यान्डको होर्थ हिल रिजनल पार्कमा आफ्नो आठ महिने छोरा आर्चीलाई बोकेर गाइ र ओजी नामका दुई कुकरसँग हिँडिरहेको तस्बिर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्