५ हजार घुस रकमसहित प्रहरी जवान पक्राउ



न्युज अफ नेपाल, सिराहा ।

सिरहाबाट एक जना प्रहरी जवानलाई घुससहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव रहेका छन् ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान ५ हजार घुस रकमसहित पक्राउ गरेको हो । भारतबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा यादव पक्राउ परेका हुन् ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्