हिमपात पीडितलाई २५० कम्वल वितरण



बैतडी, (नेस)। 

हिमपातपछि चिसो बढेपछि रेडक्रस बैतडी शाखाले कम्मल वितरण गर्न थालेको छ। स्थानीय तहका अति विपन्न, सहाराविहीन, एकल, आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई चिसोबाट बच्न कम्मल वितरण गरिन लागिएको हो।

जिल्लाका १० स्थानीय तहमा २५ कम्मलका दरले वितरण गर्न लागेको रेडक्रस बैतडीका मन्त्री रमेशसिंह भण्डारीले बताउनुभयो।

रेडक्रस केन्द्रिय कार्यालयबाट प्राप्त २ सय ५० कम्मल वितरण गर्न लागेको हो। रेडक्रका उपशाखा भएका स्थानीय तहमा उपशाखा र नभएका ठाउँमा स्थानीय तहको सिफारिसका आधारमा कम्मल वितरण गर्न लागेको मन्त्री भण्डारीको भनाई छ।

केही दिनदेखि जिल्लामा वर्षा र हिमपातले चिसो बढेपछि कम्मल वितरण गर्न लागिएको रेडक्रस बैतडीका उपसभापति बिष्णुदत्त अवस्थीले विश्वास रहेको छ। चिसो अत्याधिक बढेकाले कम्वल वितरणपछि थोरै राहतको महसुस गरुन भन्दै कम्मल दिन थालिएको जनाईएको छ।

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा मंसिर अन्तिम सातादेखि हालसम्म ४ पटक हिमपात भएको छ।

 

प्रतिक्रिया दिनुहोस्